लोकल मदिरा बनाउन प्रयोग हुने मर्चा प्रहरीद्वारा नष्ट

सिन्धुली, भदौ ९ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लोकल मदिरा बनाउन प्रयोग हुने ३ क्यारेट मर्चा नष्ट गरेको छ ।सोमबार बिहान स्थानीयले गाडीमा लुकाई छिपाई ल्याएको मर्चा प्रहरीले बरामद गरि नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्याल्य सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई नगरपालिका ९ चुरे बस्ने बर्ष ६७ को लाल बाहादुर मोक्तानले बा ४ च ६२११ नम्बरको मारुति भ्यान गाडीमा लुकाई–छिपाई ल्याएको मर्चा कार्यालय भवन छेउमा रहेको खाली भु-भागमा खाल्डो खनी स्थानिय सहितको उपस्थितिमा नष्ट गरिएको हो ।

करिब ३ क्यारेट घरेलु मदिरा बनाउनको लागि प्रयोग गरीने मर्चा (कच्चा पदार्थ) चुरेस्थित आफ्नै घरबाट चियाबारी तर्फ ल्याउने क्रममा माझिटार चेकपोस्टमा खटिएको प्रहरी टोलिले चेकजांच गर्ने क्रममा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 25, 2020