काठमाडौं भदौ ९ । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजना पुरुषको मृृ त्यु भएको छ । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर २१ का कांग्रेस नेता गोविन्द रञ्जितको गएराति मृ त्यु भएको हो ।
उनी वडा नम्बर २१ का नेपाली कांग्रेसका सभापति हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फवाट बडाध्यक्षका प्रत्यासी समेत थिए । उनी आइतवार मात्रै अस्पताल भर्ना भएका थिए ।
१३ दिन अघिदेखि नै उनलाई ज्वरोखोकीको समस्या देखिएको थियो । परीक्षणका क्रममा उनलाई को रोना भाइरस संक्रमण पुष्टि भएको थियो । एभिन्युज खबरबाट ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति August 25, 2020