जनजनकोप्रश्न – जस्ले अध्यारो हटाउने उहि कुर्सिमा नअटाउने ?

काठमाडौं। दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल २९ भदौबाट सकिएको छ । उनको कार्यकाल सकिए पनि उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आइरहेका छन् ।

भित्रिरुपमा जतिनै चलखेल भएपनि उनलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने कुराको बुलन्द आवाज सर्वसाधारण जनता देखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालबाट उठाउन थालेका छन् । कुलमान घिसिङको समर्थन गर्दै सामाजिक संजालमा लाखौं तस्बिर सहित पोस्ट हुन थालेका छन् ।

यस्तैमा नेपाली कला जगतका चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे अर्थात् ‘माग्नेबुढा’ले पनि कुलमान फेरि पनि विद्युत प्राधिकरणमा चाहिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–जस्ले अंध्यारो हटाउने, उहि कुर्सिमा नअटाउने ? भन्दै प्रश्न गरेका छन् ।

नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानान्धरले पनि कुलमान घिसिङको फेरि विद्युत प्राधिकरणमा पुन नियुक्ति हुनुपर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कुलमानसँगै खिचाएको तस्बिर सेयर गर्दै लेखेकी छन्– ‘थोरै आफ्नो सोचेर धेरै अरुका लागि गर्ने कमै मानिस हुन्छन् । । कुलमान घिसिङ फेरि चाहिन्छ ।’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 25, 2020
Loading...