लकडाउन खुकुलो बनाउने कमलामाई नगरपालिकाको निर्णय

सिन्धुली, भदौ ९ । सिन्धुलीको कमलामाई नगरपालिकाले जारी राखेको लकडाउनलाई केहि खुकुलो बनाउनेे भएको छ । आज नगरप्रमुख खड्गबहादुर खत्रीको संयोजकत्वमा तथा सरोकारवालाहरु निकायहरुको उपस्थितिमा सर्वपक्षीय बैठक बसि यस्तो निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार को रोना भा ईरसको जोखिम निराकरण गर्न कमलामाई नगरपालिका भित्र लगाईएको लकडाउनमा केही लचिलो भएको कमलामाई नगरपालिकाले जनाएको छ ।

भोलि बिहानबाट लागुुहुुुने उक्त निर्णय भदौ १५ गते राती १२ बजे सम्म जारी रहनेछ । जसअनुसार औषधि पसल भन्दा बाहेक र डेरीको हकमा विहान ६ बजे देखी दिउँसो १० बजे सम्म र बेलुका ४ बजे देखी साझ ७ बजे सम्म ब्यवसाय सञ्चालन गर्न पाईने छ ।

यस भन्दा बाहेकका अन्य ब्यवसायको हकमा विहान ६ बजे देखी १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । बाँकी समय बन्द हुने र उक्त समयमा मोटरसाईकल लगाएतका अन्य हलुका सवारी साधनहरुको आवागमनलाई समेत पुर्ण रुपमा निषेध गरिएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बन्दाबन्दिलाई पूर्ण रुपमा पालना गर्न नगरवासीमा अनुरोध गरेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 25, 2020