काठमाडौं उपत्यकामा थप एकहप्ता निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ। बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ। उपत्यकामा को रोना भा इरसको सं क्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो।

बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले सं क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् । उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको थियो। उपत्यकामा मात्र सं क्रमितको संख्या तीन हजार नाघिसकेको छ। काठमाडौंमा मात्र करिब २८ सयमा सं क्रमण पुष्टि भएको छ। सरकारले देशभर सं क्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 25, 2020
Loading...