कुलमानको कार्यकाल थप्ने कुनै निर्णय भएको छैन : उर्जा मन्त्री

काठमाडौं, भदौ ९। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ ले बताएका छन् ।

आज मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्न समाचारहरु समाजिक सञ्जालमा आए पछि राखिएको जिज्ञासामा मन्त्री पुनले सो कुरा बताएका हुन ।

प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना देखिदैन आजको क्याविनेटमा सो एजेण्डा पनि नभएको बालुवाटारस्रोतले बतायो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ । यसो त घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सूचना, सुझाव तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 25, 2020
Loading...