वाग्मती प्रदेशको सर्वोकृष्ट प्रहरी भए रामप्रसाद

सिन्धुली भदौ १० । आर्थिक अनियमितता बिरुद्ध शुन्य सहनशिलताको अभियानलाई सफल कार्यान्वयन गरेवापत सिन्धुलीको खुर्कोटमा अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार रामप्रसाद थपलिया वाग्मती प्रदेशको सर्वाेकृष्ट प्रदेश प्रहरी (साउन महिना) का रुपमा सम्मानित हुनुभएको छ ।
वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामाले हवल्दार थपलियालाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।

थपलियाले कोभिड १९ मापदण्ड विपरित विपरित सवारी चलाउनेलगायत आर्थिक प्रलोभन दिन खोज्ने ११ जना चालक तथा सहचालकलाई तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउने कार्य गर्नुभएको थियो ।

उहाँले सिन्धुली जिल्लाका विभिन्न प्रहरी ईलाका कार्यालयमा रहँदा आर्थिक प्रलोभनमा परि आचरण विपरित कार्य गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउनुभएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020