धुलिखेल अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

काभ्रे, भदौ १० । धुलिखेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका ८ निवासी ५५ बर्षीय पुरुषको मंगलबार राती करिब १२ बजे मृ त्यु भएको जानकारी दिनुभयो ।

मुटु र थाइराईड रो गको उपचारका लागि तीन दिन अघि उहाँ धुलिखेल अस्पताल आउनुभएको थियो ।                      उहाँको उपचारकै क्रममा मृ त्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । उहाँको श वलाई नेपाली सेनाले पशुपतिमा रहेको बिद्युत्तिय श वदाह गृहमा अ न्त्येष्टी गर्ने तयारी भएको झाले जानकारी दिनुभयो ।

यो सँगै धुलिखेल अस्पतालमा अहिलेसम्म तीन जनाको मृ त्यु भइसकेको छ । धुलिखेलका ९८ बर्षीय जेष्ठ नागरिक, सिन्धुपलाञ्चोककी सुत्केरी महिलालाई उपचार हुन नपाउँदै मृत्यु भएको थियो ।

जिल्लामा कोरोना सङक्रमितको सख्या १६३ पुगेको छ । जसमा ६३ जना निको भएर घर फर्कीएका छन भने बाँकी ९८ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन । काभ्रेपलञ्चोकमा कोरोना संङक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020