सिन्धुलीमा ६ वर्षीया बालिका ब लात्कार आरोपमा दुई पक्राउ

सिन्धुली, भदौ १० । सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर १३ कुडुलेकी ६ वर्षीया बालिकालाई ब लात्कार गरेको आरोपमा दुईजनालाई प्रहरीले प क्राउ गरेको छ ।

प्रहरीले भाद्र ७ गते आईतवार सोहि ठाउउँका वर्ष १६ का तिलक रानामगर र उनकै भाई कपिल रानालाई प क्राउ गरिएको ईलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिए । घरमा कोहि नभएको मौका छोपि आईतवार दिउसोँ १ बजे दाजुभाई तिलक र कपिलले बालिकालाई गोठमा लगेर ब लात्कार गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई सोमवार प क्राउ गरी थप अ नुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाएको छ । भने बालिकाको स्वास्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल सिन्धुली लगिएको प्रमुख श्रेष्ठले बताए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020
Loading...