नेपालमा थप ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, भदौ १० । नेपालमा कोरोना सङ्क्रमणका ८८५ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणबाट आएको नतिजा बमोजिम ८८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३ हजार २५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७३९ जना आइसोलेशनमा छन् ।
पप्छिल्लो चौबीस घण्टामा ३८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020
Loading...