काठमाडौं उपत्यकामा एकैदिन ३ सय १ जनामा संक्रमण

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।

निषेधाज्ञापछि घट्दै गएको संक्रमण दर पुनः उकालो लागेको छ । नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सं क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना भाइरस (कोभिड १९) सं क्रमित थपिएका छन् । १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनामा सं क्रमण पुष्टि भएको प्रवक्ता प्रा डा गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना डि स्चार्ज भएका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020