स्विडेनबाट दिपराजले ल्याए ‘को रोनाले परदेशमा’ (भिडियो)

काठमाडौं, भदौ १० । विश्वभर को रोना भा इरस संक्रमण फैलिरहेको बेला विदेशमा रहेका नेपालीहरुको वास्तविक कथा ब्यथालाई समेटेर स्विडेनमा रहेका गितकार दिपराज थापाले आफ्नो दोश्रो अफिसियल म्युजिक भिडियो ‘को रोनाले परदेशमा’ सार्वजनिक गरेका छन् ।

विदेशमा बस्दै गर्दा को रोना सं क्रमण भएपछि धेरैनै गाह्रो हुनेरहेछ गितकार थापा भन्छन् – ‘एउटै कोठामा गुम्सिनु पर्ने बाध्यता न त कोहि सङ्ग भेट्घाट हुने न कतै जान मिल्ने मन र मस्तिष्कभरी आफ्नो मातृभुमी, जन्मदिने आमाबुवा र आफ्ना सन्तानहरुको याद सारै आउदो रहेछ अनि यो गितको सिर्जना भयो ।’

अहिलेका चर्चित गायक तथा संगीतकार राज सिग्देलको स्वरमा रहेको यो गितमा संगीत भने नन्दु राईको रहेको छ त्यसैगरि भिडियोको एडिटिङ झस्केर कृयसनबाट धन खालिङले गरेका छन् । भिडियोको छायांकन आधा नेपाल र आधा स्वीडेनमा भएको हो भने नेपालबाट धन खालिङ र स्वीडेनबाट थुमस तोर्नबेरीले भिडियो छायाङ्कन गर्नुभएको हो।

गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने भिडियोमा कलाकार तथा डान्सर पुजा पाठक, सन्ध्या सुस्केरा, दिपराज थापा, हान्ना थापा, सरोज देबकोटा, सिमोन थापा, सिसिलिया ओबेरि, सोफी मार्टेन्स्सोन र एड्बिन थापाको अभिनय रहेको छ।

गीतसँगै सार्वजनिक गरिएको भिडियो डाइरेक्सन नेपालमा नन्दु राई र स्वीडेनमा स्वयं थापाले गरेका छन् । परदेशमा बसेर आफ्नो मातृभुमी सम्झदै कोरोनाबाट पिडित धेरै नेपालीहरु र उनिहरुको आफन्तहरुको बास्तबिकता झल्काउने यो गीत ‘ओयसआर डिजिटल’ युटुब च्यानल मार्फत अपलोड गरिएको छ ।

को रोना सम्बन्धी यो वास्तविक घटना चित्रण गरेर बनाइएको यो अहिलेसम्मकै पहिलो म्युजिक भिडियो हो । सिन्धुलीको मरिण गाउँपालिकामा जन्मिएका थापा स्थायी घर रातामाटा सिन्धुली भइ बिगत १५ बर्ष देखि स्वीडेनमा बस्दै आएका छन ।

भिडियो –

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020
Loading...