झापामा गोरु काटेको निहुँमा झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

काठमाडौं, भदौ १० । झापामा सशस्त्र प्रहरीको गो ली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गो ली चलाएको थियो ।

प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

गोरु का टेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए ।

घटनामा सशस्त्र प्रहरीका एक जवान पनि गम्भीर घाइते भएको उनले बताए । उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ ।

स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो । सयौंको संख्यामा स्थानीयहरुले टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आ क्रमण गरेको प्रहरीले बताएको छ ।

कामाटोली झापाको मुसलमान बाहुल्य क्षेत्र हो । गोरु काटेको अ भियोगमा प क्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फा यर गरेको जनाएको थियो । तर गो ली लागेर एकजनाको मृत्यु भएको हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020