बैंकमा सम्धी नियुक्ति प्रकरण : पोखरेलले दिए आलोचकलाई ‘दुष्ट’को संज्ञा

काठमाडौं, भदौ ११ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले आफ्ना सबै आलोचकहरुलाई ‘दुष्ट’को संज्ञा दिएका छन् ।

आफ्नो सम्धीलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउने योजना अनुसार सञ्चालक नियुक्ति भएको विषयको सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएपछि बुधबार सामाजिक संजाल मार्फत विज्ञप्ति निकाल्दै उनले आलोचकहरुलाई दुष्टको संज्ञा दिएका हुन ।

उनले आफ्नो प्रतिरक्षाका लागि राजाको शासन कालमा आफूले गरेको संघर्षको कुरा कोट्याउँदै त्यस बेलामा आफूलाई पानी ट्याङ्कीमा पैसा लुकाएको भनेर गलत ब दनाम गरेको समेत दावी गरेका छन् ।

मन्त्री पोख्रेलको विज्ञप्ति यस्तो छः

सबै महानुभावहरूमा अनुरोध-

केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गं भीर ध्यानाकर्षण भएको छ ।

मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उ ल्लंघन गरेर लाभ लिएकाे वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहीं कतै पनि मेराे अ बाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।

यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई ला ञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त ग लत म नसायका साथ सार्वजनिक भएका,गरिएका कुराहरूप्रति खे द व्यक्त गर्दछु । यस्ताे विषयका कारण दु:खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु ।

विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण या तनापूर्ण ब न्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा ब दनाम र च रित्रह त्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कु प्रचार गरिएको थियो । अहिले विगतको नि रंकुश शाही शासनका तिनै दु ष्ट मतियारहरू समेत नयाँ ढंगले मेराे बिरूद्धमा स्वर उरालिरहेका छन् ।

म ती सबैलाई चुनौती दिदै घृ णापूर्वक अ स्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन । – ईश्वर पोख्रेल ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 26, 2020