पुजारी ह त्या र राष्ट्रिय झण्डा जलाउने कार्य योजनाबद्ध : थापा

काठमाडौं, भदौ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रौतहटमा पुजारीको ह त्या र म्युजिक भिडियोमा नेपाली झण्डा जलाउने कार्य योजनाबद्ध रुपमा गरिएको दावी गरेका छन् ।

एभिन्यूज टिभीको एक कार्यक्रममा उनले दुबै घटनाले नेपालमा हिन्दु धर्मालम्बी सुरक्षित छैनन भन्ने संकेत दिएको बताएका हुन् । हेर्दा केही मानिसले हिन्दु धर्म र राष्ट्रियता विरोधी काम गरे झैं देखिएपनि त्यो योजनाबद्ध रुपमा भएको अध्यक्ष थापाको दावी छ ।

दुबै घटनाको निस्पक्ष छानविन गरेर दोषिमाथि कारवाहीको माग समेत थापाले गरेका छन । पुजारी हत्याको घटना छानविन तथा दोषिलाई कारवाही गर्नुको सट्टा विरोध प्रदर्शनमै रोक लगाउने सरकारको निर्णय आ पत्तिजनक भएको उनको भनाइ छ ।

सरकारको समर्थनमा जुलुस गर्दा साथ दिने तर बहुसंख्यक सनातन हिन्दुधर्मालम्बीमाथि भएको आ क्रमणको विरोधमा रोक लगाएर आफ्नो चरित्र छर्लङ्ग बनाएको उनले उल्लेख गरे ।
राम जन्मभुमिको विषयमा प्रधानमन्त्री केपी ओलीले अस्पष्ट, प्रमाणित कुरा गरेको र पार्टीभित्रको विवाद ब्यवस्थापनका लागि मात्रै अघि सारेको उनको भनाइ छ । गुमेको भुमि फिर्ताका लागि नक्सा सार्वजनिक भएपनि त्यो फिर्ता ल्याउन सरकारले सार्थक कुटनीतिक पहल गर्न नसकेको पनि उनले बताए ।

अध्यक्ष थापाले नेपाली कांग्रेस हिन्दु धर्मको एजेण्डामा आए आफ्नो पार्टी सहकार्य गर्न तयार रहेको पनि बताए । पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफु सकारात्मक रहेको अध्यक्ष थापाले बताए । एभिन्युज खबरबाट

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 27, 2020
Loading...