सिन्धुलीमा थप चार जनामा कोरोना संक्रमण पुष्ठि

सिन्धुली, भदौ ११ । सिन्धुलीमा थप चारजना कोरोना संक्रमित थपिएका छन । उनीहरु सुनकोसी गाउँपालिकाबाट कोरोना परिक्षण लागि धुलिखेल स्वा ब पठाएका ब्यक्तिहरु भएको जानकारी प्राप्त भएको छ ।

सिन्धुलीमा उपचारका लागि उनीहरुलाई ल्याउने तयारी गरिएको छ । आइसोलेसन बनाइएको एपोलो अस्पतालमा उनिहरुलाई राखिने जनाइएको छ । यसअघि २१ जना संक्रमितलाई पनि एपोलोमै राखिएको छ ।

अब चार जनाको लागि बेड तयार गर्न लागिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए । अहिले एपोलो अस्पतालमा २१ जना उपचाररत छन भने
सिन्धुली अस्पतालको आइसोलेसनमा एकजना महिला संक्रमित उपचाररत छिन ।

यस्तै कोरोना देखिएका ६ जना होम क्वारेन्टाइनमै उपचाररत छन । योसँगै अब सिन्धुलीमा ३२ जना संक्रमित उपचाररत हुनेछन । कोरोना परिक्षण लागि हेटौंडा पठाइएको रिपोर्ट भने अहिले आउने क्रममा छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 27, 2020
Loading...