बिरगंजमा कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु

काठमाडौं, भदौ ११ । बिरगंजमा एक गर्भवती महिलाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृ त्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी बारा जिल्लाको महिलाको बिहिबार बिहान मृत् यु भएको हो । बारा हर्दियानिवासी २३ वर्षीया महिलाको आज विहान मृ त्यु भएको हो । महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

ज्वरो र श्वा सप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि सोहि अस्पतालको पिसिआर प्रयोशालामा उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई नारायणीमै व्यवस्थापन गरिएको आइसोलेसनमा उनको राखेर उपचार गरिएको अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

बुधबार राती अ चानक उनको रक्तचाप बढ्न थालेपछि आइसोलेसनमै उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता डा चौरसियाले बताए । कोरोनाबाट नेपालमा गर्भवती महिलाको मृ त्यु भएको यो पहिलो घटना हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 27, 2020
Loading...