कुलमानलाई सामाजिक सञ्जाललेनै नियुक्ति दिएको होला, सरकारले छैन : सरकारका प्रवक्ता

काठमाडौं, भदौ ११ । सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’
केहिदिन अघि सामाजिक संजालमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागी पुन नियुक्ति दिइएको समाचार भाइरल भएको थियो ।

सोही दिन बेलुकी उर्जा मन्त्री वर्षमान पुनले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका थिए ।

दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ ।

उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आएपछि जनताहरुले घिसिङलाईनै पुन नियुक्ति दिनुपर्ने माग जोडतोडका साथ उठाईरहेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 27, 2020
Loading...