काठमाडौं, भदौ ११। कोरोना सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ ।
निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग न गरी बिना काममा लखरलखर हिँड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही स्वरुपमा कु खुरा बन्न लगाउने तथा उ ठबस गरी सम्झाईबुझाई छोड्न थालेको हो ।
प्रशासनले बिहीबार मात्र दुईवटा चार पाङग्रे सवारी, छवटा पसल तथा २१ जनालाई कारबाही गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । समुदायमा को रोना स ङ्क्रमण दैनिक देखिन थालेका छन्’ उहाँले भन्नुभयो, ‘सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना प्रहरीलाई गरिदिने जस्तो गरेका छन् ।’
प्रशासनले तोकेको समय सीमाभन्दा बढी समय पसल खोलेर भिडभाड गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ । प्रहरीले यसअघि ४० वटा सवारी नियन्त्रणमा लिएर प्रहरी परिसरमै राखेको छ । नि षेधाज्ञाको अन्त्य भएपछि जरिवाना गरेर मात्रा सवारी फिर्ता दिइनेछ ।
सबैको सहयोग र सचेतनाले मात्र म हा मा री जित्न सकिन्छ’ सूचना अधिकारी पन्तले भन्नुभयो, ‘क डा भएन भनेर प्रशासनलाई गा ली गर्नेहरूले नै नि षेधाज्ञाको उल्लङ्घन गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दैनिक रुपमा बजारमा गस्ती थाल्नुभएको छ ।
बिहीबार विशेष गरी बागलुङ प्रवेशद्वार मालढुङ्गा, कालिका मन्दिर परिसर तथा बागलुङ – पर्वत जोड्न् लामो झोलुङ्गे पुल क्षेत्रमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा मास्कबिना हिँड्ने युवा, सवारी चालकलाई सडकमै कुखुरा बन्न लगाएर आगामी दिनमा निषेधाज्ञा नियमको पालना गर्ने कबुलका साथ छोडिएको थियो ।
बजारको नियमित अनुगमन तथा कारबाही जारी रहने सूचना अधिकारी पन्तको भनाइ छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति August 27, 2020