मेरो चरित्र ह त्या गरी आत्मसन्तुष्टि लिने कोसिस भयो : नेपाल

काठमाडौँ, भदौ ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि नजनाएको उनको सचिवालयले स्पष्ट पारेको छ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक सञ्जालमार्फत बिहीबार धारणा सार्वजनिक गर्नुहुँदै भन्नुभएको छ, “नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन ।”

‘दुःखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर मेरो चरित्र ह त्या गरी आत्मसन्तुष्टि लिने नियोजित कोसिस भएको छ” नेता नेपालले प्रेस नोटमा भन्नुभएको छ, ‘विगत लामो समयदेखि पार्टीमा विधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई मैले उठाउँदै आएको हुँ ।’

स्वकीय सचिव गौतमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको प्रेस नोटमा भनिएको छ, ‘सचिवालय बैठकबाट अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आ लोचना जे गर्नुपर्ने हो, गर्छु, अहिले बाहिर गरिएका नियोजित हल्ला एवम् अ फवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु ।’

विगत लामो समयदेखि पार्टीमा विधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई उठाउँदै आएको भन्दै गौतमले अनौपचारिक परामर्शको आधारमा गठन गरी सचिवालय बैठकबाट अनुमोदन गर्ने माग वरिष्ठ नेता नेपाल लगायतले गरेको उल्लेख गरेका छन्।

कार्यदलको प्रतिवेदनमाथि सचिवालयको बैठकमै टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अ फवाह नपर्न समेत गौतमले अनुरोध गरेका छन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 27, 2020