कुलमानलाई निरन्तरता दिनुपर्ने प्रचण्डको अडान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्छ भनेर सामाजिक सञ्जालमा दबाब बढिरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय उर्जा मन्त्री वर्षमान पुन भने घिसिङसँग असन्तुष्ट बनेका समाचार आईरहेका छन् ।

घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ । देशव्यापी रुपमा सोसल मिडियामा घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने माग भैरहेको छ । कतिसम्म भने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पूनः नियुक्ती गरेका समाचार पनि आएका थिए । तर सोही दिन बेलुकी उर्जा मन्त्री वर्षमान पुनले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका थिए ।

घिसिङले सामाजिक सञ्जालमार्फत पूनः नियुक्तीको लागि दबाब बढाएको भन्ने मन्त्री र प्रधानमन्त्रीको बुझाई छ । तर, घिसिङले यसबारेमा स्पष्टीकरण दिईसकेका छन् ।

उनले कसैले फेक अकाउन्टमार्फ गलत प्रचार गरिरहेको भन्दै सचेत हुन आग्रह गरेका छन् । घिसिङकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको आम सर्वसाधरणको बुझाई छ । हुनपनि उनको ब्यवस्थापकिय क्षमताकै कारण यो सम्भव भएको विज्ञहरुको भनाई छ । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माको पालामा उनलाई कार्यकारी प्रमुख बनाईएको थियो । त्यतिवेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए ।

प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले घिसिङकै कारण लोडसेडिङ अन्त्य नभएको दाबी गरेका छन् । तर, उनले घिसिङको कारण विद्युत चुहावट घटेको भने स्विकार गर्छन्।

प्राधिकरणमा घिसिङ दोहोरिन्छन् वा दोहोरिँदैनन त्यो हेर्न बाँकी छ । तर, प्रधानमन्त्री ओली भने घिसिङसँग असन्तुष्ट रहेको बुझिएको छ । उता, नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने घिसिङ लाई नै निरन्तरता दिनुपर्ने अडान लिएका छन् । उनले राईट म्यान ईन राईट पोष्टका हिसाबले पनि कुलमान प्राधिकरणको कार्यकारी प्रमुखमा रहनुपर्ने तर्क गरेका छन् ।

घिसिङलाई पुनः नियुक्तिको कुनै निर्णय भएको छैनः सरकारका प्रवक्ता

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको विषयमा सरकार समक्ष कुनै औपचारिक प्रस्ताव नआएकाले त्यसमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।


मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन सञ्चार मन्त्रालयमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले उहाँलाई सामाजिक सञ्जालले पुनः नियुक्ति गरेको टिप्पणी गर्नुभयो । “यस विषयमा सरकारलाई थाहा छैन, बाहिर आएको सूचनामा सत्यता छैन” उहाँले भन्नुभयो । केही दिनदेखि सामाजिक सञ्जाल तथा केही अनलाइनमा घिसिङ पुनः नियुक्तिको सूचना प्रवाह हुँदैआएको थियो । तस्बिर – अनलाइनखबर

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 27, 2020
Loading...