चितवनमा हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु

चितवन, भदौ १२ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृ त्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

उनलाई हेटौंडा बाट भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो । उनी द’म र नि मोनियाको समेत बिरामी थिइन् ।

अहिले चितवन मेडिकल कलेजको आ ईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भे न्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा लम्सालले जानकारी दिएका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 28, 2020
Loading...