काठमाडौं, भदौ १२ । पछिल्लो २४ घण्टामा देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वा ब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।
त्यसैगरि काठमार्डौ उपत्यकामा एकैदिन ४ सय १५ जना संक्रमित थपिएका छन । काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४६ र संस्थागत आइसोलेसनमा नौ हजार ५७३रहेका छन् ।
आ इसीयूमा १६४ जना रहेका छन् भने भे न्टिलेटरमा २२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार २४२ पुगेको छ ।
विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी उपचारपछि घर बस्ने सङ्ख्या आठ हजार ९३९ रहेका छन् ।
थप १२ जनाको मृत्यु
नेपालमा २४ घण्टामा सङ्क्रमित चार महिलासहित १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृ त्यु हुने १९५ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृ त्यु हुने प्रतिशत शून्य दशमलब ५३ प्रतिशत पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति August 28, 2020