सिन्धुलीमा ट्रयाक्टरसहित अवैध काठ बरामद, एक पक्राउ

सिन्धुली, भदौ १२ । सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्बर ११ रानुचुरीबाट रामपुरमा रहेको मिलमा ल्याइँदै गरेको ३ ट्याक्टर अवैध काठ सुराकीका आधारमा बनगस्ती टोलीले बरामद गरेको छ । उक्त काठ वन सुरक्षा गस्ती टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

काठ लोड गरिएको ज१त ८५११ नम्बरको ट्याक्टर र बर्देउटारका २२ वर्षीय चालक सुमन परियारलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको सिन्धुली वन डिभिजन प्रमुख नारायण श्रेष्ठले बताए । उनका अनुसार गस्ती टोली पुगेपछि २ वटा ट्याक्टरका चालक भने भागेका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 28, 2020
Loading...