सिन्धुलीमा एकैपटक १६ जना कोरोना संक्रमित डिस्चार्ज

सिन्धुली, भदौ १२ । आइसोलेसनमा बसेका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

एकैपटक यति धेरै संक्रमित सिन्धुलीमा निको भइ डिस्चार्ज  भएको पहिलोपटक हो । सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा ७७ वर्षीय वृद्ध समेत छन् ।

संक्रमितहरु एपोलो र सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत छन भने केही संक्रमित होम क्वारेन्टाइनमै बसेका छन् । एपोलोमा बसेका १५ जना र सिन्धुली अस्पतालका एक जना गरी १६ जना शुक्रबार डिस्चार्ज भएका हुन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 28, 2020
Loading...