वीरगञ्ज बजार भदौं १९ गतेदेखि आलोपालो गरी खुल्ने

वीरगञ्ज, भदौं १२ । सङ्कट व्यवस्थापन केन्द्र पर्साले जिल्लामा विगत एक महिनाभन्दापनि लामो समयदेखि लागेको निषेधाज्ञालाई भदौं १८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार एउटा सूचना प्रकाशित गर्दै श्रावन १० गतेदेखि पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञालाई भदौं १८ गते मध्य रातिसम्म निरन्तरता दिने निर्णय गरेको छ भन जिल्लाका अन्य पालिकाहरुमा श्रावन १९ गतेदेखि लागेको निषेधाज्ञालाई अन्त्य गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारि आस्मान तामाङको सभापतित्वमा शुक्रबार बसेको सङ्कट व्यवस्थापन केन्द्र पर्साको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भदौं १९ गतेदेखि भने विभिन्न क्षेत्रहरुको निषेधाज्ञालाई खुकुलो गरेको छ । प्रशासनले भदौं १९ गतेदेखि वीरगञ्ज महानगरको बजार क्षेत्रमा रहेका पसलहरुलाई आलोपालो गरी खोल्न दिने निर्णय गरेको छ ।

निर्णय अनुसार वीरगञ्ज महानगरको बजार क्षेत्रभित्र रहेका पसलहरुलाई उद्योग वाणिज्य सङ्घको समन्वयमा आइतबार, मङ्गलबार र बिहिबार बाटोको एक तर्फ र सोमबार, बुधबार, शुक्रबार बाटोको अर्को तर्फका पसलहरुलाई दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न दिइने छ।

त्यसैगरी प्रत्येक दिन रेलवे रोडमा तोकिएको स्थानमा बिहान ५ बजे बजेदेखि ८ बजेसम्म ३ घण्टाका लागि तरकारी तथा फलफुल विक्री वितरणका गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानेको छ ।

त्यस्तै वीरगञ्ज बजार क्षेत्रमा रहेका बैंक तथा वित्तिया संस्थाहरुलाई सामाजिक दूरीलागायतका आवश्यक मापदण्ड पुरा गर्दै सेवा उपलब्ध गर्न दिने निर्णय भएको छ ।

निषेधाज्ञाका कारण अति गरिव, विपन्न, दैनिक ज्यालादारी गरी जिवकोपार्जन गर्ने नागरिकलाई औचित्य, आवश्यकताका आधारमा वीरगञ्ज महानगरपालिकाले राहत वितरण गर्ने निर्णय समेत भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेखि गरिएको छ ।

निर्णयमा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी र सहज बनाउँन वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण वडाहरुमा वडा अध्यक्षको संयोजकत्वमा नेपाल प्रहरीको सहयोग लिँदै स्थानीय स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने भनिएको छ ।

बैठकले निषेधाज्ञा अवधिभर अ त्यावश्यक बस्तुहरुको दुवानी सहजताको लागि उद्योग वाणिज्य सङ्घ वीरगञ्जले समन्वय तथा स हजीकरण गर्ने, अस्पतालहरुमा रगतको आभाव हुन् नदिन रक्त स ञ्चारकेन्द्र वीरगञ्जको प्रभावकारी व्यस्थापन नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले गर्नेलगायतको निर्णयहरु गरेको छ ।

यी क्षेत्रहरु भने अझै बन्द रहने

निर्णय अनुसार जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनमा लगाइएको रोकलाई निरन्तरता दिईनेछ । यस्तै मेला,महोत्सव, जात्रा, सभा, जु लुस गर्न रोक लगाइएको छ भने मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा परम्परागत रुपमा हुँदै आएको पूजा अर्चना बाहेकका सम्पूर्ण गतिबिधिमा रोक लगाइएको छ ।

त्यसैगरी सम्पूर्ण शैक्षिक संस्था, पार्टी प्यालेस, होटल रेस्टुराँ, शैलुन, ब्युटी पार्लर, स्पा, स्वीमिङ पूल, जिमलगायातका स्थानहरुपनि अर्को निर्णय नभएसम्म बन्द रहने छन् ।

प्रशासनले नेपाल सरकारको निर्णय अनुसार उद्योग सञ्चालनमा समेत रोक लगाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 28, 2020
Loading...