कोरोनाबाट नेपालमा ४९ हजारको मृत्यु हुन सक्ने एक अध्ययनको निष्कर्ष !

काठमाडौं भदौ १३ । कोरोना भाइरस संक्रमणवाट नेपालमा ४९ हजार भन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ । यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्य सम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २ सय जनाको मृ त्यु हुन सक्ने देखाएको हो ।

मोडलिङ अफ कोभिड नाइन्टिन स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अ ध्ययन प्रतिवेदनले को रोना संक्रमितमध्ये ३५ प्रतिशतको मृ त्यु हुन सक्ने निष्कर्ष निकालेको छ ।

अध्ययनमा सन् २०२० को अन्त्य सम्ममा कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट सं क्रमित हुनसक्ने औंल्याएको छ । नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई प्रतिवेदनमा तीन फरक फरक सुरक्षात्मक उपायका आधारमा वर्गीकरण गरेर प्रक्षेपण गरिएको छ ।

नेपालले मध्यम किसिमको रणनीति अपनाए मृत् यु हुनेको संख्या ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । उच्च अवरोधक रणनीति लागू गरेमा त्यो संख्या ३३ हजारमा सीमित पार्न सकिने पनि प्रतिवेदनमा जनाइएको छ ।

मे महिनामा नेपालमा देखिएको संक्रमणको अवस्था अध्ययन गरेर प्रतिवेदन तयार गरिएको हो । प्रोफेसर लिसा ह्वाइट, डा निकोलस लेक्फोर्ड, डाक्टर सुनील पोखरेल, डाक्टर दिप्ती लता तथा डाक्टर राशिद जमान सहभागी टोलीले अध्ययन प्रतिवेदन तयार गरेको हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 29, 2020
Loading...