पाटन अस्पतालमा दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ, भदौ १३ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौँकी ५१ वर्षीया महिला र भक्तपुरकी ६१ वर्षीया महिलाको मृ त्यु भएको हो । भक्तपुरकी महिलाको आईसीयूमा उपचारको क्रममा शनिबार बिहान मृ त्यु भएको हो ।

उहाँ भदौ ८ गते उपचारका लागि भर्ना हुनुभएको थियो । आईसीयूमा उपचाररत उहाँको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत उपेन्द्र अर्यालका अनुसार काठमाडौँकी ५१ वर्षीया महिलाको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा निधन भएको छ । उहाँ साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 29, 2020
Loading...