पर्सामा थप ३१ सहित ५० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, भदौ १३ । पर्सामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्र योगशालामा शुक्रबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३१ जनामा को रोना सं क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा अतुलेश चौरसियाले जानकारी दिनु भयो ।

नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा चौरसियाका अनुसार बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएका ४ सय ४३ जनाको स्वाबको नमूना परीक्षण गर्दा पर्साका ३१ जना , बाराका ८ जना , धनुषाका ४ जना , काठमाण्डौका १ जना , रौतहटका १ जना र सर्लाहीका २ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा थपिएका ३१ जनामध्ये वीरगञ्ज म हानगरपालिकाका १८ जना , कालिकामाई गाँऊपालिकाको ३ जना र पो खरिया नगरपालिकाका १० जना रहेको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा चौरसियाले जानकारी दिनु भयो । बिहीबार थप ३१ जना सं क्रमित थपिएसँगै पर्सामा कुल सं क्रमितको संख्या २ हजार ९५ पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 29, 2020