जापानी प्रधानमन्त्री आबेको राजीनामा, चर्चा नेपालमा

काठमाडौं : जापानका प्रधानमन्त्री सिन्जो आबेको हिजोको भावपूर्ण राजीनामा घोषणा: १३ मिनेट बोले र पत्रकारको जवाफ ४७ मिनेट दिएर १ घण्टामा यति महत्वपूर्ण शर्ट स्विट मनछुने प्रेस मिट सम्पन्न गरे।

हिजो राजिनामा दिने जापानका प्रधानमन्त्री आवेले अगस्त १७ का दिन अस्पतालमा जचाउन जानअघि १४७ दिन एक दिन पनि बिदा नलिएर कोरोनासँग लड्न आफ्नो काम गरेका थिए।

हाम्रामा ३६५ दिन काम पनि छैन फुर्सद पनि छैन, दैनिक १८ घण्टा खटिन्छु भन्छन्। परिणाम खोज्यो हातलागी शून्य। समय र देशको राजश्वको मात्र खति!
आबेको हिजोको राजिनामा घोषणा गर्ने पत्रकार सम्मेलनमा आवेले पहिला १३ मिनट मात्र बोले, ४७ मिनट प्रश्नको जवाफ दिनमा लगाए, १ घंटामा कार्यक्रम सकियो।

आफुले यो गरेँ त्यो गरेँ भनेर बढाइ चडाइ फुइँ गरेर फेहरिस्त देखाएनन्, बरु गर्न नसकेको कुरा सम्झिएर आँखा भरी आसुँ गर्दै, शिर निहुराएर माफि मागे। ५ बजे १ घंटाका लागि गर्ने भनेको कार्यक्रम ठिक ५ बज्दा नै सुरु भयो र ठिक ६ बज्दा समाप्त भयो । हिजो मात्र हैन, सधैं यस्तै हुन्छ जापानमा। समय पालना नहर्नेप्रति घृ णा गर्छन्। भाषण कम प्रश्नोत्तर ज्यादा गरिन्छ, ताकि जनमानसमा भएको प्रश्न र चित्त दुखाइ सम्बोधन हुन सकोस्।

यता हाम्रोमा भने धारा प्रवाह एकोहोरो भाषण गर्छन् , न कुनै प्रश्नको उत्तर ढंगले दिन्छन् न जवाफमा जवाफदेहिता हुन्छ ! जापानी नेता जस्तो हुन नागरिक पनि त्यस्त हुनुपर्छ भन्नु पनि ठिकै होला तर देखेर पनि सिक्ने हैन र? नेता भनेको के हो? नेताले समाजलाई डोर्याउने हैन र? ‘अनी जनता नै तेस्तै हुन’, ‘बिदेशका नेता हेरेर हुन्छ’? भन्ने हो भने के खान पदमा गएका? के को नेता नि।

त्यस्तै, पाकिस्तानका प्रम ईमरान खान, भुटानका प्रम डा लोटे, न्युजिल्याण्डकी प्रम यासिन्डाको दैनिक फेसबुक स्टेटस हेर्नु नि, केही सिक्नु नि, हाम्रा फन्टुस नेताहरूले बेकारमा अर्थहिन दम्भी स्टेटसहरू हालेर घण्टौँ बकबक गरेर जनताको दिमाग चाटेकोमा भक्कु गाली खाईरहनु भन्दा । पुर्वसचीव भिम उपाध्यायको वालबाट ।                                                    तस्बिर : प्रेसमीटलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री आबे ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 29, 2020
Loading...