पीसीआर परीक्षणको लागी सरकारलाई दबाब नदिन आग्रह

काठमाडौं, भदौ १३ । सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ । पीसीआर परीक्षण गराउन भनसुन गराउने क्रम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न आग्रह गरेका हुन ।

प्रवक्ता गौतमले सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने बताए ।

पीसीआर परीक्षण नै को रो नाको औषधि जस्तो नगर्न तथा शंका लागेका र को रो ना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आ इसोलेशनमा बस्न उनले आग्रह समेत गरे । नेपालमा ६ लाख ७९ हजार ६ सय २६ जनाको पीसीआर परीक्षण भैसकेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 29, 2020