सिन्धुलीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्ठि

सिन्धुली, भदौ १३ । सिन्धुलीमा ७ वर्षको बच्चासहित थप पाँच जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

उनीहरुमध्ये ४ जना समुदायस्तरको नागरिक भएको बताइएको छ । आज कमलामाइ ६ शीवनगरका ३ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु एकै समुदायका हुन ।

यस्तै कमलामाइ ६ कै क्वारेन्टाइनमा बसेका एक र कमलामाइ ९ भिमानका एक जनामा पनि संक्रमण देखिएको छ । यो संगै सिन्धुलीमा कोरोना भाइरस समुदाय स्तरमै फैलिसकेको देखिएको छ ।

आज कोरोना संक्रमण देखिएकालाई एपोलो अस्पताल र सिन्धुली अस्पतालको आइसोलेसनमा उपचारका लागि ल्याउने तयारी गरिएको सिन्धुली अस्पतालले बताएको छ ।

अहिले सिन्धुली भित्रै २० जना सक्रिय कोरोना पोजिटिभ देखिएकाको उपचार भइरहेको जनस्वास्थ्य कार्यालय सिन्धुलीकाका जितेन्द्र शाहले जानकारी दिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 29, 2020
Loading...