सिन्धुलीमा विप्लव समुहको अपहरणमा परेका शिक्षकको सकुशल उद्दार, एक कार्यकर्ता पक्राउ

सिन्धुली, भदौ १३ । सिन्धुलीमा आज प्र तिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहको अपहरणमा परेका तीनपाटन गाउँपालिका ८ बाहुनतिल्पुङको भिमसेन निमाविका प्राधानाध्यापक नारायण भण्डारीलाइ प्रहरी र गाउँले समेतको प्रयासमा शनिबार दिउँसो स कुशल उ द्धार गरेका छन् ।

तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नि यन्त्रणमा पर्नु भएका शिक्षक साढे चार घण्टा पछि विप्लव समुहको नि यन्त्रणबाट छुट्नु भएको हो ।

विद्यालयमा विद्यार्थीलाई छात्रबृति वितरण गर्दै गरेको अवस्थामा विप्लवका कार्यकर्ताहरुको एक समुहले विहान ९ः३० बजे उहाँलाई नि यन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।

प्रहरीलाई विहान ११ बजे मात्र जानकारी आएको र जानकारी हुना साथ प्रहरीले खोजी गर्दा दिउँसो १ वजे तिनपाटन गाउँपालिकाको लायोगाउँबाट शिक्षकलालाई विप्लवको का र्यकर्ताबाट नि यन्त्रण मुक्त गराएको हो । प्रहरी र स्थानीयले शिक्षकको खोजीगर्न थालेपछि शिक्षलाई छोडेर विप्लवका कार्यकर्ताहरु फ रार भएका थिए ।

उहाँले शिक्षकलाई सकुसल नि यन्त्रण मुक्त गराईएको र उक्त घटनामा संलग्न विप्लवको एक जना महिला कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उक्त महिलाको साथबाट दुई वटा स केट ब म र एक सु तली ब म सहित नि यन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका विप्लवको कार्यकर्तालाई नि यन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको र अरु अ पहरणमा संलग्‍नहरुको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल बेस क्याम्प र स्थानीय प्रहरी चौकीहरुबाट प्रहरीहरु परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 29, 2020
Loading...