सिन्धुलीमा शिक्षक अ’पह’रण गरेको अभियोगमा धरानकी २० वर्षीय युवती पक्राउ

सिन्धुली, १४ भदौ ।  तिनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अ प ह रण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले प क्राउ गरेको छ ।

स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०,१२ जनाको समूहले अ प ह र ण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल फेला पारी उ द्धार गरेको हो ।

प्रतिमाको साथबाट २ वटा खाली स के ट ब म र १ थान सु त ली ब म बरामद भएको घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । उक्त शिक्षक हिजो विप्लव समुहको अ प ह र ण मा परेका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 30, 2020