एसईईमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा विद्यार्थीले प्रधानाध्यापक कुटे

सिन्धुली, भदौ १४ । एसईई परिक्षामा नम्बर कम दिएको भन्दै सिन्धुलीको सुनकोसी गाउँपालिका – ७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कु टपिट गरेका छ्न ।

शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कु टेको शिक्षक झलक दाहालले बताए । तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई ल,छारप,छार पारि कु टपिट गएको उनको भनाइ छ ।

विद्यार्थीहरुको कु टपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा ग म्भीर चो ट लागेको छ । मु क्का प्रहारबाट प्रधानाध्पाक सुनुवारको ना,थ्री फु टेको र ओठसमेत का टेको छ भने अर्का शिक्षक भण्डारीको शरिरमा निलडाम छ । रिजल्ट सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कु टपिट गरेको शिक्षकहरुको भनाइ छ ।

दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् । विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजनाले कुटपिट गरेको शिक्षक दाहालले सुनाए । घटनाको बारेमा इलाका प्रहरी कार्यालय खुर्कोटलाई समेत जानकारी गराइएको बताएका छन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 30, 2020
Loading...