जनयुद्धमा जेल ब्रेक गरेकी उमा भुजेल फेरि प्रहरीलाई झुक्याएर अदालत अगाडिबाटै बेपत्ता

काठमाडौं, भदौ १५ । पुनः पक्राउका लागि अदालत अगाडि बसेको प्रहरीलाई झु क्या एर नेत्रविक्रम चन्द समूहकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल बे प त्ता भएका छन् ।

सप्तरी जिल्ला अदालत अगाडि प क्राउ गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छ’ल्दै उनीहरु उ म्किन सफल भएका हुन् ।

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरे लगत्तै उनीहरु प्रहरीलाई झु क्का एर भागेका हुन् ।

अदालतले छाड्न आदेश दिए लगत्तै दुबै जना यसअघि पनि पटक पटक प क्राउ पर्दै आएका थिए । आठ महिनाको अवधिमा भुजेल १२औं पटक प क्राउ परिसकेकी छन् ।

तत्कालिन नेकपा माओवादीको केन्द्रीय सदस्य भइसकेकी भुजेल पक्राउ अघि विप्लव समूहको मेची कोशी ब्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा थिइन्।

द्व न्द्वकालमा उनले गोरखाको जेल ब्रेक गरेर भाग्न सफल भएपछि माओवादीभित्र उनको अहिलेपनि विशेष चर्चा हुने गर्छ। ऊनी पुर्व संबिधान सभा सदस्य पनि हुन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 31, 2020