यातायात र शिक्षण संस्था भदौ ३१ गतेसम्म बन्द रहने

काठमाडौं, भदौ १५ । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म अर्थात भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा को रो ना सं क्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै सरकारले का रो ना भा’इर’स रोकथाम तथा नियन्त्रणका लागि भदौं १५ सम्मका निषेध गरिएकाअन्य विषयलाई पनि मसान्तसम्म लम्बाउने निर्णय गरेको छ । गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो ल’कडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाइएको छैन ।

अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो। आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यसलाई बढाउनुपर्ने धारणा राखेको र त्यसमा सैद्धान्तिक सहमति दिइएको छ ।

मन्त्री पुनले दिएको जानकारी अनुसार अब कुनै कम्पनीले पी’सीआर टेष्ट, होटल क्वा’रेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटाभन्दा बाहिर पनि ल्याउन दिइनेछ ।

साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णयसमेत भएको छ । मन्त्रिपरिषद् बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूतसमेत नियुक्त गरेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 31, 2020
Loading...