नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु, ८९९ संक्रमित थपिए, काठमाडौंमा थपिए २९८

काठमाडौं, भदौ १५ । नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा को रोना सं क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको मन्त्रालयले बताएको छ ।                                                                     पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार तीनसय ३७ रहेका छन् ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या दुईसय २८ पुगेको मन्त्रालयले बताएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 31, 2020