भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं, भदौ १५ । भारतीय पूर्ब राष्ट्रपति प्रणव मुखर्जिको निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जिले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै बुवाको निधनको भएको जानकारी दिएका हुन ।

मुखर्जिको पछिल्लो ३ हप्तादेखि उपचारको क्रममा अस्पतालमा भर्ना हुनुभएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्ब राष्ट्रपति मुखर्जिको भारतको राजधानी नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्ह निधन भएको । ८४ वर्षीय मुखर्जि आफ्नो राजाजी मार्गस्थित निवासमा ल डे का थिए । मस्तिष्कमा र ग त ज मे पछि ८४ वर्षीय मुखर्जिको मस्तिष्कको शल्यक्रिया गर्नुपरेको थियो । साउन २७ गते उहाँको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

त्यसयता उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएको थियो । तर सोमबार बिहान अ’चानक उहाँको स्वास्थ्य अवस्था ग’म्भिर हुन पुगेको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

बंगालको एक दुगर्म गाउँमा जन्मिनुभएका प्रणव मुखर्जि पाँच दशकसम्म भारतको राजनीतिमा सक्रिय थिए । उहाँ राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि एक शिक्षक र पत्रकारको रुपमा कार्यरत हुनुहुन्थ्यो । सन् १९६९ मा उहाँ पहिलोपटक राज्यसभामा प्रवेश गरेका मुखर्जी राज्यसभामा उहाँ पाँच पटक निर्वाचित भएका थिए ।

सन् २००४ र २००९ मा उहाँ बंगालको जंगिपुरबाट लोकसभा निर्वाचित भएका थिए । सन् १९७२ मा उहाँ पहिलोपटक इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्रीपरिषद्को सदस्यको रुपमा शपथ लिनुभयो । त्यसपछि उहाँ लगातार अर्थ मन्त्री, परराष्ट्र मन्त्री र रक्षा मन्त्रीको जिम्मेवारी सम्हाली सकेका थिए ।

प्रगतिशील गठबन्धनको तर्फबाट सन् २०१२ मा उहाँ राष्ट्रपति पदको उम्मेदवार हुनुभयो । र पाँच वर्षका लागि निर्वाचित हुनुभयो । सन् २०१९ को जनवरी महिनामा मुखर्जि ‘भारत रत्न’ पुरस्कारबाट सम्मानित हुनुभएको थियो

भारतको राष्ट्रपति रहदा मुखर्जिले सन २०१६ को नोभेम्बरमा नेपालको राजकिय भ्रमण गर्नुभएको थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

 

प्रकाशित मिति August 31, 2020
Loading...