काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्ठि भएको छ ।

मेयर शाक्य आफ्नी श्रीमतीलाई ज्व रो आएपछि उपचार गराउन धापासीस्थित ग्राण्डी अस्पताल गएका थिए । त्यही क्रममा मेयर शाक्यले आफ्नो र श्रीमतीको पीसीआर परीक्षण गराएका थिए ।

अस्पतालले पीसीआर रिपोर्ट पोजेटिभ आएको आज मात्र जानकारी दिएको थियो । शाक्यको स्वा ब शनिवार संकलन गरिएको थियो । ज्वरो र रुघा लागेर उपचारका लागि अस्पताल पुगेकी शाक्यकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मेयर शाक्य काठमाडौंको वडा नम्बर २१ लगनस्थित आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 31, 2020
Loading...