जनार्दन शर्माको खुलासा : बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्ने

काठमाडौं, भदौ १५ । नेकपा स्थायी समिति सदस्य तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् ।

शर्माले उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताए । उनले सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने दाबी गरे ।

‘१८ गतेकै बैठकले राष्ट्रियसभामा गौतमलाई लैजाने पुर्व निर्णयको कार्यन्वयन गर्छ, नेकपा कार्यदलका सदस्यसमेत रहेका शर्माले सँग भने, ‘गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएकाले पनि त्यसको कार्यान्वयन गर्ने बेलामा उहाँलाई सरकारमा सहभागी गराउनु पर्ने हुन्छ ।

शर्माले थपे, ‘वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रभावकारि हुन्छ ।’ राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य बनेर २ वर्ष मन्त्री भएका खतिवडा भदौ २१ गतेपछि फेरि राष्ट्रिय सभामा सिफारिस हुन्छन् कि हुन्नन् भन्नेमा आ शंका उब्जिएका बेला शर्माले यस्तो बताएका हुन ।

यसका पछाडि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिसका प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गर्दै आएका छन् ।

उनले अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न इच्छा देखाएका छन् । नेपालको सं विधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुने कानुन छ ।

खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ। शर्माले खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रियसभामा पठाएर उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् । रातोपाटीबाट

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति August 31, 2020
Loading...