मरिण, सिन्धुली ।
यसपाली बडा दशैको अवसर पारेर “नमो: बुद्द युवा क्लव” देउजोरले प्रथम मरिण गोल्ड्कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । मरिण गाउँपालिकको विशेष सहयोगमा संचालन हुने प्रतियोगिता यहि मिति २०७६-६-७ गते देखी सुरु हुने क्लबका अध्यक्ष टिकाराम थिङले जानकारी दिएका छन ।
उनका अनुसार प्रतियोगितामा बिजयी टिमले एक लाख नगद र दोस्रो हुने टिमले पचास हजार नगद पुरस्कारका साथसाथै ट्रफी प्राप्त गर्नेछन भने प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सिन्धुली जिल्ला मरिण गाउँपालिका -७ स्थित बार्हबिसे खेल मैदानमा संचालन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले तलको नम्बरमा सम्पर्क गर्नुहुन पनि आयोजकले अनुरोध गरेको छ ;
छेगु लामा:- ९८०८२५५९६९ टिकाराम थिङ:- ९८६९८८६३१० आयुश तामाङ:-९८१८०२३७००
प्रकाशित मिति September 13, 2019