१६० दिनसम्म बन्द रहेको अन्तर्राष्ट्रिय उडान आजदेखि खुला

काठमाडौं, भदौ १६ । एकसय साठी दिनपछि आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन शुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडानमा अनुमति दिएको हो ।

सरकारले विभिन्न देशमाथि गत चैत आठ गतेदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिकाअनुसार आजदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उ द्धार उडान हुनेछन् ।

दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडानका लागि नागरिक उडडयन प्राधिकरणले अनुमति दिएको छ । सरकारले अझै को रो नाको उच्च जो खिम कायमै रहेका मुलुकबाट पिसिआर रि पोर्टसहित आउन नसक्नेहरूलाई मध्यनजर गरी केही मुलुकमा भने चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने भएको हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020
Loading...