कोरोनाबाट चितवनमा एकैदिन ३ जनाको मृत्यु

चितवन, भदौ १६ । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण को रोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृ त्यु भएको थियो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका ११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला रहेका छन् ।

उनीहरूमा ज्वरो र श्वा सप्र श्वासमा समस्या देखिएको थियो । उनीहरूका आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै स मस्या थिएन ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले ए क्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बि रामीको मृ त्युु भएको बताए ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृ त्यु भएको थियो ।

योसँगै चितवनमा मृ त्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १,१ जना छन् ।

सिरहाका संक्रमितको धरानमा मृत्यु

त्यसैगरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचार गराइरहेका सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया ६ निवासी पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

संक्रमित पुरुषत गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट उपचारका लागि धरान रि फर गरिएका थिए । संक्रमित पुरुषमा र क्तचाप र म धुमेहको समेत समस्या थियो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020
Loading...