केन्द्रीय कारागारमा ३ कैदीको मृत्यु, एकमा कोरोना पुष्टि, बाँकीको रिपोर्ट आउन बाँकी

काठमाडौं, भदौ १६ । केन्द्रीय कारागार सुन्धरामा तीन कैदीबन्दीको गएराति मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

कञ्चनपुरका ४० वर्षीय कोरोना संक्रमित युवकको मेघा अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको का रागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै सिरहाका ६४ वर्षीय पुरुषको कारागारमै मृत्यु भएको हो । बझाङका ६० वर्षीय पुरुषको पनि गएराति वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाँस्कोटाले जानकारी दिए । दुबैको मृ त्यु कोरोना संक्रमणबाटै भएको आशंका गरिएको छ । उनीहरुको स्वा ब परीक्षणको तयारी गरिएको छ ।

केन्द्रीय कारगारका ५० कैदी र ५६ प्रहरीमा केही दिनअघि संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको भने स्वा ब संकलन हुन बाँकी रहेको छ । संक्रमण पुष्टि भएको पाँच दिनपछि मात्रै कन्ट्रयाक ट्रेसिङ गर्ने भनिएकाले स्वाब संकलन गर्न बाँकी रहेको केन्द्रिय कारागारले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020
Loading...