निषेधाज्ञाको मोडालिटी तय गर्न काठमाडौं उपत्यकाका सिडियोहरुको बैठक बस्दै, यस्ता निर्णय हुनसक्छन्

काठमाडौँ, भदौ १६ । कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पहिलो पटकको थप सहित जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ ।

अब निषेधाज्ञाको समय बढाउने-नबढाउने विषयमा साझा धारणा बनाउन छलफलका लागि काठमाडौ , भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल बैठक बस्दैछन। । बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय हुनसक्ने बताइएको छ ।

दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअले बताए ।तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेर निषेधाज्ञाबारे साझा धारणा र राय गृह मन्त्रालयमा पठाइने छ।

उनका अनुसार दुई विकल्पमा छलफल भएको छ। पहिलो, हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने। दोस्रो, निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने।

गृहको सुझावपछि भोलि पुन: बैठक बसेर निषेधाज्ञाबारे निर्णयमा पुग्ने बताइएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020
Loading...