काठमाडौं, भदौ १६ । नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै काठमाडौं उपत्यकामा ४८१ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ४० हजार ५२९ पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । जम्मा डिस्चार्ज भएकाहरू २२ हजार १७८ पुगेको छ ।
विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३९० रहेका छन् ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २३९ पुगेको मन्त्रालयले बताएको छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।
प्रकाशित मिति September 1, 2020