पेट्रोलको मूल्य बढ्यो

काठमाडौं, भदौ १६ । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीचको स्वचालित मूल्यसूची अनुसार मङ्गलबार प्राप्त खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् पनि नेपाल भारतय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपियाँ र डिजेल प्रतिलिटर ३६ रुपियाँ नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

                                                                            इण्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणाली अनुसार हरेक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 1, 2020
Loading...