पाटन अस्पतालमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, भदौ १७ । ललितपुरको पाटन अस्पतालमा पनि गए राति भक्तपुरका ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

चार दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो । संक्रमित पुरूषमा १५ दिनअघि कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकको मृत्यु

रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृ त्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो । मृ त्यु हुने महिला नवलपरासी पश्चिम, रामग्राम ५ की हुन् ।

उनमा मधुमेह, उच्च र क्तचाप र श्वा’सप्र’श्वासमा समस्या समेत थियो । उनी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालवाट भदौ १५ गते भीम अस्पताल उपचारका लागि रिफर भएकी थिइन् ।
भीम अस्पतालमा अहिले ४ जना आ ईसीयूमा र १७ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । यसअघि गैडहवाका एक पुरुषको पनि अस्पतालमा मृत्यु भएको थियो ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 2, 2020
Loading...