७० करोड प्रकरण : अख्तियारले खोजेपछि मिश्रले भने – रेकर्डिङ डिभाइसका लागि जापानमा छु

काठमाडौं, भदौ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र करणमा जोडिएका विजयप्रकाश मिश्रलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

तत्कालीन सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड घु’स कमिसन मागेको भनिएको अडियो सा र्वजनिक गरेका मिश्रलाई अ नुसन्धानका लागि ७ दिनभित्र अख्तियारमा हाजिर हुन भनिएको हो। अख्तियारले खोजेपछि मिश्रले भने आफू जापानमा रहेको बताएका छन्।

                                                                      अख्तियारले सार्वजनिक सूचना जारी गरेकै दिन बुधबार विज्ञप्ति जारी गर्दै मिश्रले ‘अख्तियारलाई बुझाउनु पर्ने रेकर्डिङ डिभाइसका लागि जापान पु गेकोु दाबी गरेका छन्।

उक्त अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए। यो विषयमा अ ख्तियारले अ नुसन्धान गरिरहेको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउन सक्नुहुनेछ। धन्यवाद ।

प्रकाशित मिति September 2, 2020
Loading...